रामपुरका ८ सय ५६ घरपरिवार अझै लालपुर्जाविहिन

पाल्पा । पाल्पाको रामपुर नगरपालिकाभित्र बसोबास गरेका झण्डै ८ सय ५६ घरपरिवार २०३९ सालदेखि  लालपूर्जाविहिन रहेका छन् ।

वर्षौदेखि नगरकै मुख्य बजारमा घर बनाएर व्यवसाय गर्दै आएकाहरुले अहिलेसम्म घरको लालपूर्जा पाएका छैनन् ।

लालपूर्जा नहुँदा आफुहरु बैंक तथा वित्तिय संस्थाबाट आर्थिक कारोबार गर्न वञ्चित भएको उनीहरुले गुनासो गरेका छन् ।

याे पनि पढ्नुस  रु दुई करोडको तरकारी निर्यात

तीन दशक अगाडि स्थानीय शिक्षण संस्था राम तुल्सी मा.वि, तत्कालिन रामपुर गाउँ पञ्चायत र दराई ठाटी मा.वि. सञ्चालनका लागी सार्वजनिक जमीनलाई घर घडेरीको प्रयोजनका लागी विक्री गरिएको थियो ।

२०४८ सालपछि गठित सुकुम्बासी समस्या समाधान आयोगले समेत रामपुर नगरको बेझाड बजारको समस्या समाधान गर्न कुनै पहल नगरेका कारण यहाँका बासिन्दा वर्षौदेखि पूर्जाविहिन भएका हुन् ।

याे पनि पढ्नुस  गर्मी बढेसँगै भएका सबै मुहान सुकेपछि खानेपानीको हाहाकार

निर्वाचनका समयमा मात्र दलहरुले आफ्नो चुनावी नारामा जग्गाधनी प्रमाण पूर्जाको प्रसङ्ग उठाउने र त्यसपछि कुनै वास्ता नगर्दा आफुहरु अफ्ठेरोमा परेको रामपुरवासीको भनाइ छ ।
-ईमेजखबरबाट

कमेन्ट गर्नुहोस्