एकाबिहानै काठमाडौंका सडकमा एकपछि अर्काे एम्बुलेन्स निस्केपछि…

काठमाडौं । सधै बिरामी बोक्नका लागि प्रयोग हुने एम्बुलेन्स शुक्रबार बिहान राजधानीको चक्रपथमा धेरै संख्यामा निस्किएका छन् । ठूलो संख्यामा एम्बुलेन्स सडकमा निस्किएपछि मानिसलाई आश्चर्य लागेको छ ।

बिरामी बोक्नका लागि प्रयोग हुने एम्बुलेन्स किन निस्किएको भन्ने प्रश्नमा कतिले एम्बुलेन्स चालकको आन्दोलन होला भन्ने प्रतिक्रिया पनि दिए । तर त्यसो नभई शुक्रबार एम्बुलेन्स दिवस परेकाले सडकमा एम्बुलेन्स देखिएका हुन् ।

दिवसको अवसरमा चक्रपथ परिक्रमा गर्नका लागि ठूलो संख्यामा एम्बुलेन्स सडकमा निस्किएका थिए । टिचिङ अस्पतालदेखि निस्किएका एम्बुलेन्स चक्रपथ, गौशाला, बानेश्वर, वीर अस्पताल हुँदै पुनः टिचिङ अस्पतालमा पुग्ने जनाइएको छ ।
newsofnepal बाट

कमेन्ट गर्नुहोस्