काठमाडौं, माघ ११ । नाराबाजीकाबीच चिकित्सा शिक्षा विधेयक पास गरेको भन्दै प्रमुख प्रतिपक्षी कांग्रेस सरकारप्रति आक्रोशित भएको छ ।
संसद बैठकपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार अधिनायकवादी भएको आरोप लगाए । साथै, उनले सभामुखले आफ्नो पदीय गरिमा कायम राख्न नसकेको आक्रोशसमेत पोखे । देउवाले अब सदन र सडकमा संघर्ष गर्ने बताए ।