दिपेन्द्रको ब्याट आज पनि चलेन, नेपालको तेस्रो विकेट पतन

काठमाडौं, माघ १२ । यूएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा टस जितेर ब्याटिंङ रोजेको नेपालले तेस्रो विकेट गुमाएको छ । तेस्रो विकेटका रुपमा १२ बल खेलेर १० रन बनाउँदै दिपेन्द्र ऐरी आउट भएका छन् । उनलाई युएईका अस्फाग अहेमदले आउट गरे । यसअघि, उपकप्तान ज्ञानेन्द्र मल्ल ४४ र विनोद भण्डारी २१ रनमा आउट भएका थिए ।

याे पनि पढ्नुस  सन्दीपले लिए लगातार विकेट, यूएईको चौथो विकेट पतन

पहिलो खेलमा शुक्रबार यूएईसँग तीन विकेटले पराजित भएको नेपाललाई एक दिवसीय श्रृङखला जित्ने आशा कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ । यदि शुक्रबार जस्तै शनिबारको खेलमा पनि पराजित भएमा नेपालले एक खेल अगावै सिरिज गुमाउने छ । सिरिजमा यूएई १–० ले अघि छ ।

याे पनि पढ्नुस  नेपालले टस जित्यो, बलिङ रोज्यो

नेपालले यूएईसँग १६ वटा एक दिवशीय खेल खेलेको छ । जसमा १२ खेल यूएईले जितेको छ भने तीन खेल नेपालको पक्षमा गएको छ । बाँकी एक खेल बराबरी भएको थियो ।

कमेन्ट गर्नुहोस्