नेपालको १०० रन पूरा, चौंथो विकेट पतन

काठमाडौं, माघ १२ । यूएईविरुद्धको दोस्रो एकदिवसीय खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालको एक सय रन पूरा गरेको छ । उसले तीन विकेटको क्षतिमा एक सय रन पूरा गरेको हो ।

सय रन पूरा गर्दा नेपालका लागि ओपरनद्वय ज्ञानेन्द्र मल्लले ४४ र विनोद भण्डारीले २१ रन बनाए । यस्तै, दिपेन्द्रसिंह ऐरी १० र पवान श्राफ ८ रनमा आउट भए ।

पहिलो खेलमा शुक्रबार यूएईसँग तीन विकेटले पराजित भएको नेपाललाई एक दिवसीय श्रृङखला जित्ने आशा कायम राख्न आजको खेल जित्नै पर्ने दबाब छ । यदि शुक्रबार जस्तै शनिबारको खेलमा पनि पराजित भएमा नेपालले एक खेल अगावै सिरिज गुमाउने छ । सिरिजमा यूएई १–० ले अघि छ ।

नेपालले यूएईसँग १६ वटा एक दिवशीय खेल खेलेको छ । जसमा १२ खेल यूएईले जितेको छ भने तीन खेल नेपालको पक्षमा गएको छ । बाँकी एक खेल बराबरी भएको थियो ।

कमेन्ट गर्नुहोस्