युएईलाई सातौ झड्का, सन्दीपले लिए एकै ओभरमा ३ विकेट

काठमाडौं, माघ १२ । दोस्रो एकदिवसीय खेलमा नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याउने क्रममा युएईले सातौं विकेट गुमाएको छ ।

युएइको सातौ, छैटौं र पाँचौ विकेट सन्दीप लामिछानेले लिए । उनले आफ्नो दोस्रो ओभरको दोस्रो, तेस्रो र अन्तिम बलमा विकेट लिन सफल भए । यसअघि, सोमपाले कामीले युएईको ४ विकेट लिइसकेका छन् ।

आज नेपालले टस जितेर ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २४२ रन बनाउन सफल भयो। नेपालका लागि रोहित कुमार पौडेलले सर्बाधिक ५५ रन बनाए ।

कमेन्ट गर्नुहोस्