कृषि क्षेत्रको बिकासमा कायापलट हुन्छ- राज्यमन्त्री चौधरी

चितवन,माघ १३। कृषि तथा पशुपक्षी बिकास राज्य मन्त्री राम कुमारी चौधरीले कृषि क्षेत्रको समग्र बिकासमा कायापलट हुने बताएकी छिन ।

चितवन प्रदर्शनी केन्द्र भरतपुर ( Chitawan Expo Center ) मा आयोजित कृषि सम्बन्धी बृहत अन्तरास्ट्रिय प्रदर्शनी (3rd Nepal Agritech 2019 ) को सनिवार अवलोकन गर्दै मन्त्री चौधरीले उक्त कुरा बताएकी हुन ।

प्रदर्शनीका क्रममा कृषि क्षेत्रका कुखुरा पालन माछापालन,बाख्रापालन,गाइ भैंसीपालन ,डेरी लगायत कृषिका नविनतम औजार ,उपकरण ,केरा खेती,थोपा सिचाइ र बिषादी रहित कृषि सम्बन्धी तालीम एवं गोष्ठीले कृषक ,युवा विद्यार्थी ,उधमी व्यवसायीहरुमा परम्परागत कृषि प्रणाली लाई बिस्थापीत गर्ने र आधुनिक प्रबिधिलाई अनुसरण गर्न मदत पुग्ने मन्त्री चौधरीले बताएकी छिन ।

प्रदर्शनीमा चाइना ,भारत लगायतका देश बाट ल्याइएका कृषि यन्त्रले नेपालको कृषि क्षेत्रमा आधुनिकीकरण ,औजारीकीकरण र व्यवसायीकीकरण गर्न सकिने कुराको नया बिस्वास कृषकहरुमा जगाउन प्रदर्शनी ११,१२ र १३ गते सम्म चल्ने आयोजकले जानकारी दिएका छन ।

प्रदर्शनीलाई सफल बनाउन कृषि तथा पशुपक्षि बिकास मन्त्रालय अन्तरगतका मन्त्री,कृषि आधुनिकीकरण परीयोजना,अखिल नेपाल किसान महासंघ ,राष्ट्रिय कृषक समूह महासंघ ,नेपाल कृषि सहकारी केन्द्रिय सघं लि.,नेपाल पोल्ट्रि महासंघ ,चितवन उधोग सघं लगायतकाले सहयोगीको भुमिका निर्वाह गरीरहेको आयोजकले जनाएका छन ।

कमेन्ट गर्नुहोस्