न्यूजिल्याण्डद्वारा भारतसामु २४४ रनको लक्ष्य

काठमाडौं, माघ १४ । भारतसँगको तेस्रो एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डले २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको उसले ४९ ओभरमा सबै विकेट गुमाउँदै २४३ रन बनायो ।

न्यूजिल्याण्डका लागि रोस टेलरले सर्बाधिक ९३ रन बनाए । बलिङमा भारतका मोहम्मद सामीले ३, भुवनेश्वर कुमार, युजबेन्द्र चहल र हार्दिक पान्ड्याले समान दुई विकेट लिए ।

कमेन्ट गर्नुहोस्