यूएईको चौंथो विकेट गुम्यो, कप्तानले लिए विकेट

काठमाडौं, माघ १४ । यूएईविरुद्धको एकदिवसीय सिरिज अन्तर्गत अहिले तेस्रो तथा अन्तिम खेल जारी छ । टस हारेर ब्याटिङ निम्तो पाएको यूएईले चौथो विकेट गुमाएको छ ।

यूएईको चौथो विकेट कप्तान पारस खड्काले लिएका हुन् । २१ औं ओभरको दोस्रो बलमा पारसले मोहमद उस्मानलाई २६ रनमा आउट गरे ।यसअघि, सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीले समान एक विकेट लिइसकेका छन् ।

कमेन्ट गर्नुहोस्