काठमाडौँ, माघ १४ । पूर्व युवराज पारस शाह अचानक अस्वस्थ भएपछि काठमाडौं स्थित नर्भिक अस्पतालमा उपचारको लागि लगिएको छ । उनका एक सहयोगीले दिएको जानकारी अनुसार शाह छाती दुख्ने समस्या बढेपछि अस्पतालको आकस्मिक कक्षमा सवा ४ बजे पु¥याईएको हो ।
उनको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको छ भने उनलाई मुटुरोग विशेषज्ञ डा यादवदेव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ । सोमबार नै पाटन दरबार पुगेर पूजाआजा गरि फर्किएका थिए । उनलाई त्यहाँ पञ्चकन्याहरुले स्वागत गरेका थिए भने उनलाई हेर्नेको ठूलो भीड लागेको थियो ।
शाहलाई यस अघि दुईपटक हृदयघाट भईसकेको छ । रिपोर्ट नआईसकेकोले उनलाई के भएको हो भन्ने यकीन नभएको अस्पतालले जनाएको छ ।