ऊर्जामन्त्रीको घोषणाः करेण्ट लागेर मृत्यु भएका परिवारलाई पाँच लाख दिइने

काठमाडौं, माघ १४ । धनुषाको सबैलामा करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने निर्णय गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन ‘अनन्त’ ले घटनामा मृत्यु भएका परिवारलाई क्षतीपूर्ती दिने र सम्पूर्ण घाईतेको उपचारसमेत सरकारले व्यहोर्ने जानकारी दिए ।

याे पनि पढ्नुस  ‘ऊर्जा क्षेत्रमा नेपाल र बंगलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा साझेदारी’

धनुषाको सवैला नगरपालिका ४ कोठिया बल्टीयामा विवाहको लागी जन्ती गएको बस फर्किने क्रममा करेण्ट प्रवाह भई आगलागी हुँदा ६ जनाको मृत्यु भएको थियो ।

करेण्ट लागेर गत शुक्रवार २१ जना घाइते भएका थिए । १९ जना घाइते अस्पतालवाट डिस्चार्ज भई घरमै उपचार गरिरहेका छन् भने दुई जना हाल अस्पतालमै उपचाररत छन् ।

कमेन्ट गर्नुहोस्