भ्यान र कार ठाेक्किंदा एकै परिवारका ५ जनासहित १२ काे मृत्यु

उज्जैन, भारत । भारतकाे उज्जैन-उन्हेल मार्गकाे रामगढ़ फंट नजिक मारुति भ्यान र टाटा हेक्सा कार एक अापसमा ठाेक्किंदा १२ जनाकाे मृत्यु भएकाे छ ।

सोमवार राती करीब १२ बजे भएकाे दुर्घटनामा एकै परिवारका ५ जना छन् । यी मध्ये तीनजना बालबालिका रहेका छन् ।

नागदाकाे बिरलाग्राममा हुन गइरहेकाे विवाहमा जाँदै गर्दा दुर्घटना भएको थियो ।

बिहेबाट फर्किदै गरेकाे बेला उज्जैनबाट तीब् गतिमा अाईरहेकाे कारले भ्यानलाई ठक्कर दिएकाे थियाे ।

भ्यान ५० मीटर माथि हावामा उछालिएपछि सडकमा खसेकाे थियाे ।

घटनामा ७ अन्यका अतरिक्त केबल ऑपरेटर अर्जुन कायतकाे परिवारका उनकी पत्नी राजूबाई, छाेरा शुभम र दई  छाेरी  रवीना र बुलबुलकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

 

कमेन्ट गर्नुहोस्