Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

१५ वर्षीया किशोरी बलात्कृत, गर्भवती भएपछि घटना सार्वजनिक

इटहरी, माघ १५ । १५ वर्षीया बालिका बलात्कारको आरोपमा इटहरीको तरहरामा प्रहरीले तीनजना पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रकाश खड्का, सुवास विक र भीमबहादुर परियार छन् ।

कक्षा ७ मा पढ्ने ती बालिकाको पेटमा गर्भ भएको थाहा भएपछि बलात्कारको घटना खुलेको हो । पक्राउ परेका तीनैजनाले फरक फरक समय र ठाउँ जिकिर गरेपछि तीनजनाले सामूहिक बलाकार गरेको भने नखुलेको इलाका प्रहरी कार्यालय इटहरीका इन्सपेक्टर बुद्धि चौलागाईँले बताए ।

‘कात्तिक अन्तिम हप्तादेखि मंसिर १५ गतेसम्म विभिन्न समय र स्थान बताएका छन्,’ यौनसम्बन्धको लागि बाँस झ्याङदेखि आफ्नै कोठालाई प्रयोग गरेको खुलेको बताउँदै चौलागाईले भने ।

फकाएर सम्बन्ध कायम गरेको देखिएको चौलागाईले जानकारी दिए । उनले भने, ‘तर अहिलेको कानुनले १८ वर्षभन्दा मुनीको बालिकासँगको सम्बन्धलाई बलात्कार मान्छ ।’ घटनाको विषयमा थप अनुसन्धान भइरहेको चौलागाईँले बताए ।
सुनसरीका तात्कालीन प्रहरी प्रमुख एसपी विद्यानन्द माझीसमेत अनुसन्धानमा तानिएर ग्रेड रोक्कासहितको कारवाहीमा परेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: