मेलिना राई र वीरेन्द्र मालाकारको सेलो गीत ‘डम्फु र टुङना’ सार्वजनिक

चर्चित गायिका मेलिना रार्इ तथा गायक वीरेन्द्र मालाकार सेलो गीतको म्यूजिक भिडियो ‘डम्फु र टुङना’ सार्वजनिक भएको छ । दर्जनौं चर्चित गीतहरु सांगीतिक फाँटमा पस्केर चर्चा कमाएकी गायिका मेलिना राइ तथा चर्चाको शिखर चढ्दै गरेका गायक वीरेन्द्र मालाकारको नयाँ सेलो गीत डम्फु र टुङना भर्खरैमात्र बजारमा आएको हो ।

याे पनि पढ्नुस  मेलिना र उत्तमको ‘तिम्रो साथ’ गीत युट्युबमा सार्वजनिक (हेर्नुहोस् भिडियोसहित)

वीरेन्द्र मालाकारको आफ्नै शब्द रहेको यस गीतमा टंक बुढाथोकीको संगीत रहेको छ । छायाँकार चक्र महर्जनको छायांकन रहेको यस म्युजिक भिडियोलाइ अजय स्याङ्ग्तानले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । म्यूजिक भिडियोमा मोडल सुष्मा मोक्तान तथा बिशाल सेनेहाङ लिम्बुको आकर्षक नृत्य तथा अभिनय देख्न सकिन्छ ।

याे पनि पढ्नुस  नेपाल आइडल बुद्ध लामा तनावमा, जितेको पुरस्कार अहिलेसम्म नपाउँदा यसरी मुख खोले (हेर्नुहोस् भिडियोसहित)

भिडियो हेर्नुहोस्

कमेन्ट गर्नुहोस्