Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

श्रीमती बलात्कार आरोपमा श्रीमान् पक्राउ

भक्तपुर, माघ १५ । श्रीमतीलाई बलात्कार गरेको अभियोगमा भक्तपुरबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुरको मध्यपुरथिमि नगरपालिका ९ बोडे गाँकु बस्ने ४१ वर्षीय रञ्जन खड्कालाई श्रीमती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

श्रीमतीको इच्छा विपरीत जबरजस्ती बलात्कार गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त थिमिले खड्कालाई पक्राउ गरी वैवाहिक बलात्कार ऐन अन्तर्गत मुद्धा चलाएको प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक मिलन केसीले जानकारी दिए ।

३७ वर्षीया श्रीमतीले आफूलाई माघ ४ गते श्रीमानले जबरजस्ती बलात्कार गरेको भन्दै माघ ६ गते प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीमा उजुरी आएपछि खड्कालाई पक्राऊ गरी अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक केसीले बताए । प्रहरीले पीडित महिलाको माघ ६ गते नै प्रसूति गृह थापाथलीमा स्वास्थ्य परीक्षण गराएको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: