पाँच दिनदेखि ठप्प रहेको मध्यमोदी आयोजनाको काम पुनःसञ्चालनमा

पर्वत, माघ १६ । पाँच दिनदेखि ठप्प बनेको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माणकार्य पुनःसञ्चालन भएको छ ।

चौधरी ग्रुपले मोदी गाउँपालिकामा निर्माण गरिरहेको १४‍५ मेगावाट क्षमताको सो आयोजनाको काम स्थानीयवासीको आन्दोलनका कारण रोकिएको थियो । स्थानीयवासीका माग पूरा गर्न आयोजना पक्ष सहमत भएपछि निर्माण पुनः थालिएको हो । आयोजनाको सुरुङ निर्माण गर्दा स्थानीयवासीको घरमा क्षति पुगेको भन्दै उनीहरुले क्षतिपूर्तिको माग गरी आन्दोलन थालेका थिए ।

याे पनि पढ्नुस  अरुण तेस्रो जलविद्युत आयोजनमा बम विष्फोट

मोदी गाँपालिका–२ मख, ठाना, कल्लेनी र ओख्लेमा घरमा क्षति पुगेपछि स्थानीयवासी आक्रोसित भएका छन् ।

भूगर्भविद्ले दिएको प्रतिवेदनका आधारमा मोदी गाउँपालिका र आयोजना पक्षले संयुक्त प्राविधिक टोली खटाउने, प्राविधिक टोलीले घरको मूल्या‌कन गरी पुनःनिर्माण वा प्रवलीकरण गर्दा लाग्ने लागत योजना तयार गर्ने र सोही आधारमा आयोजनाले घरधनीलाई रकम उपलव्ध गराउने सहमति भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले जानकारी दिए ।

याे पनि पढ्नुस  रैराङद्वारा सर्वसाधारणका लागि शेयर निष्कासन

क्षति पुगेका तीन घरको पुनःनिर्माणको काम स्वयंले गर्ने र आवश्यक रकम आयोजनाले दिने सहमति जुटेको छ । भूगर्भविद्ले घर भत्कनुमा मुख्य कारण भूकम्प र पराकम्प भएको तथा आयोजनाका कारण केही घरमा असर परेको प्रतिवेदन दिएकाले सोहीअनुसार कार्यान्वयन गर्न तयार रहेको आयोजना प्रमुख निरञ्जन राउत बताउँछन् । भूगर्भविद्ले १२ घरमा बढी क्षति, नौ घरमा सामान्य क्षति तथा सात घर प्रभावित हुनसक्ने प्रतिवेद न बुझाएको छ । रासस

कमेन्ट गर्नुहोस्