पूर्वमन्त्री शर्मा भन्छन्, ‘कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ’

सुर्खेत, माघ १६ । नेपापाल कम्युनिष्ट पाटी (नेकपा) का प्रदेश इञ्चार्ज एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले नेकपाले मात्र कर्णाली समृद्ध बनाउन सक्ने दाबी गरेका छन् । बुधबार आयोजित ‘जनप्रतिनिधि तथा अगुवा कार्यकर्ता भेला’ कार्यक्रममा पूर्व ऊर्जामन्त्री समेत रहेका शर्माले विगतको गुटगत मानसिकतालाई भत्काएर अघि बढ्न पार्टी नेतृत्व तथा कार्यकर्तालाई निर्देशन दिए ।

याे पनि पढ्नुस  किन खनिए सांसदहरु जनार्दन र कुलमानमाथि ?

नेता शर्माले भने, ‘बलियो कम्युनिष्ट पार्टीले मात्र कर्णाली समृद्ध बनाउन सक्छ । समाजवादमा लैजान नयाँ कम्युनिष्ट पार्टी निर्माण भएको हो ।’ उनले जनतालाई व्यवस्थित, भरपर्दो र प्रभावकारी सेवा दिएर नेकपालाई जनताको आस्थाको केन्द्रका रुपमा विकास गर्दै लैजाने धारणा व्यक्त गरे । प्रदेश सहइञ्जार्च यामलाल कँडेलले विधि र विधानमा चल्ने पार्टीको गरिमा र विरासतलाई कायम गर्न विशाल पार्टी निर्माण भएको जनाए ।

कमेन्ट गर्नुहोस्