एचआईभी संक्रमित गोपाल श्रेष्ठको सगरमाथा आरोहण सहयोगार्थ गायक कर्णदास एकल साँझ गर्दै

काठमाडौं, माघ १६ । पूर्व फुटबल खेलाडी गोपाल श्रेष्ठ विगत २५ वर्षदेखि एचआईभीबाट पीडित छन् । उनी अहिले विभिन्न संघसंस्थाका साथ एचआईभी सम्बन्धी जनचेतना जगाउने काममा लागेका छन् ।

उनै श्रेष्ठ समाजले एचआईभी संक्रमितहरूलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले सगरमाथा आरोहणको तयारीमा जुटेका छन् । उनमा सगरमाथा चढ्ने अठोट देखिएको छ । पोखरा रत्नचोक–७ का गोपाल श्रेष्ठको सो अठोटलाई साकार पार्न लोकप्रिय गायक एवं संगीतकार कर्णदास आर्थिक संकलन अभियानमा जुटेका छन् । उनी ‘स्टेप अफ क्याम्पियन’ को विशेष समितिको संयोजक पनि हुन् ।

श्रेष्ठको सगरमाथा आरोहणका लागि करिब ४३ लाख रुपैयाँ आवश्यक पर्छ । त्यसका लागि देशका विभिन्न स्थानमा कर्णदास एकल साँझ हुँदै आएको छ । यही फागुन १ गते लायन्स अफ काठमाडौं टेम्पलको आयोजनामा काठमाडौंको म्युज रेस्ट्रोबारमा ‘कर्णदास एकल साँझ मनोरञ्जनात्मक रात्रीभोज कार्यक्रम’ आयोजना हुँदैछ ।

कार्यक्रममा सहभागी हुन टिकट दर पाँच हजार रुपैयाँ तोकिएको छ । जसमा डिनर र ड्रिंकको पनि व्यवस्था छ । कार्यक्रम माघ फागुन १ गते साँझ साढे ६ बजे आयोजना हुँदैछ । म्युज रेस्ट्रोबार लाजिम्पाट उत्तरढोकामा रहेको छ ।

कमेन्ट गर्नुहोस्