प्रधानमन्त्री भन्छन्, ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले विश्वमै नेपाल चिनिने छ’

काठमाडौं, माघ १६ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले नेपाल विश्वमै चिनिने बताएका छन् । धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा बनाउने अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

कार्यक्रममा उनले भने, ‘धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला बनाउने आँट गर्यो, आँट गरेर महानगरसँग सम्झौता र्यो, परिकल्पना प्रदर्शन गर्यो ।’

साथै, कार्यक्रमा बोल्दै प्रधानमन्त्री ओलीले अब नेपालमा कोही भोकै नबस्ने दाबी गरे। उनले भने, ‘अब नेपाल बदलिन्छ, तपाई हामीले बदल्छौँ, नेपाल ।’ उनले पैसाले विकास हुने नभई संकल्प र विचारले विकास हुने बताए ।

प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाल गरिब नरहनेसमेत बताउन भ्याए । उनले भने, ‘पूर्वाधारको विकास चाहिएको छ, देशविदेशबाट सहयोग हुनेछ भन्ने विश्वास मलाई लागेको छ ।’

कमेन्ट गर्नुहोस्