नयाँ चलचित्रको निर्माण घोषणाः न्यूनतम बजेट डेढ करोड र निर्देशनको जिम्मा देवकुमारलाई

काठमाडौं, माघ १७ । निर्देशक देवकुमार श्रेष्ठको निर्देशनमा नयाँ मेगा बजेटको सिनेमा निर्माण हुने भएको छ ।

लभ सब, नेप्टे, लाल्टिन र दि कर्मा जस्ता सिनेमा निर्देशन गरिसकेका निर्देसक श्रेष्ठ हालै नयाँ प्रोजेक्टमा अनुबन्धित भएका छन् । ५० प्रतिशत छायांकन नेपाल र ५० प्रतिशत नेपालबाहिर छायांकन गरिने यस सिनेमाको नाम भने अहिले सार्वजनिक गरिएको छैन ।

निर्देशक देवकुमार श्रेष्ठकै कथामा बन्ने सिनेमाको हाल कथाको काम भइरहेको उनले बताए ।

‘कथा फाईनल भएपछि हामी कलाकार छनौट गर्छौ अनि लोकेशन त्यसपश्चात टाइटल सार्वजनिक गर्नेछौं’, निर्देशक श्रेष्ठले भने। चलचित्रको न्यूनतम लागत खर्च अहिलेलाई करिब डेढ करोड राखेका छौं, यो बढ्न पनि सक्छ उनले भने ।

बुधबार एक कार्यक्रमका बीच पत्रकार सम्मलेनको आयोजना गर्दै सिनेमाको निर्माण घोषणा र निर्देशक तय गरिएको छ ।
अप्रिल पहिलो हप्ताबाट फ्लोरमा जाने यस सिनेमामा अहिलेको चर्चित कलाकारहरु नै रहने निर्माण टिमले बताएको छ । श्रीकृष्ण फिल्मस प्रालि तथा आरकेएम प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुने यस सिनेमाको हाल प्राविधिक तथा कलाकारहरुको छनोट भइरहेको छ । निर्माता राजेश जीसी तथा गणेश के सिको लगानी रहने यस सिनेमाको वितरणको जिम्मा भने केदार पराजुलीले लिएका छन ।

कमेन्ट गर्नुहोस्