ओडार भत्केर पुरिएका २ गोठालाको शव फेला, ४ भेंडा जीवितै भेटिए

धादिङ, माघ १७ । ओडार भत्केर पुरिएका २ जना गोठालाको शव पाँचदिनपछि फेला परेको छ । गएको आइतबार बस्तीमा अत्यधिक हिउँ परेपछि रुवीभ्याली ४ हिन्दुङका ४७ वर्षीय नुर्बु तामाङ र उनका १८ वर्षीय साला धनबहादुर तामाङ ओडार भत्किएर पुरिएका थिए । उनीहरुको शव बिहीबार साँझ फेला परेको प्रहरीले जनाएको छ ।

याे पनि पढ्नुस  दुई जनाको मृत्यु

तामाङद्वय सकुशल रहेको अनुमानसहित सशस्त्र प्रहरीको कुरिनटारस्थित विपद व्यवस्थापन तालिम केन्द्रका १६ जना र जनपद प्रहरीका ६ जना मंगलबार साँझबाट उद्धारमा खटिएका थिए । उद्धार टोलीले ३१ घण्टापछि करिब २० मिटर पहिरो पन्छाई उनीहरुको शव निकालेको हो । सँगै सुतेका उनीहरुको ढुंगाले च्यापेको अवस्थामा शव भेटिएको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दर्शन गिरीले कान्तिपुरलाई बताए ।

याे पनि पढ्नुस  धादिङमा वाम गठबन्धनकाे फराकिलाे मतान्तर, राजेन्द्र पाण्डे र जमरकटेल दाेब्बर मतले अगाडि

शवहरु स्थानीयको मुचुल्का बनाई सदगत गर्न आफन्तहरुलाई नै जिम्मा लगाइएको छ । ओडार भत्कँदा झन्डै एक सय ५० भेँडाबाख्रा पुरिएको आशंका छ । तर, अहिलेसम्म उद्धार टोलीले ४ भेंडा जीवितै निकालेको प्रहरी नायव उपरीक्षक गिरीले बताए । उनले पहिरो हटाउन कार्य चलिरहेको बताए ।

याे पनि पढ्नुस  थाक्रे गाउँपालिका–१ मा माओवादी केन्द्रको प्यानल नै विजयी

कमेन्ट गर्नुहोस्