Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तेस्रो पटक हृदयाघात भएका पारस अस्पतालबाट डिस्चार्ज

काठमाडौं, माघ १८ । हृदयाघात भएपछि नर्भिक अन्तराष्ट्रिय अस्पताल भर्ना भएका पूर्वयुवराज पारस आज डिस्चार्ज भएका छन् ।

गम्भीर प्रकारको हृदयाघात भएपछि आइतबार दिउँसो साढे चार बजे पारसलाई नर्भिक अस्पताल पु¥याइएको थियो । उनको मुटुको कोरोनरी एञ्जियोप्लास्टी गरिनुका साथै स्टेन्ट राखिएको छ । हाल पारसको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनी सामान्य हिड्डुल गर्न सक्ने तथा बोलीचाली गर्न सक्ने अवस्थामा छन् ।

खानपान तथा जीवनशैलीमा सुधार गर्नुका साथै नियमित औषधी सेवन गरे उनको स्वास्थ्यमा थप सुधार आउने चिकित्सकहरुको भनाई छ । पारसलाई यही हप्ता अस्पतालले फलोअपमा बोलाएको छ ।

पारसलाई २०६३ सालमा मा पहिलोपटक हृदयाघात भएको थियो । त्यसपछि ०७२ सालमा दोश्रो पटक र गत आइतबार तेश्रो पटक हृदयाघात भएको हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: