४० रन बनाउँदा नेपालले गुमायो ४ विकेट (लाइभ)

काठमाडौं, माघ १८ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले चौस्रो विकेट गुमाएको छ । चौथो विकेटका रुपमा करण केसी आउट भए । उनी २० रनमा मैदान बाहिरिए । यसअघि, ज्ञानेन्द्र मल्ल, कप्तान पारस खड्का र प्रदीप ऐरी आउट भइसकेका छन् ।

याे पनि पढ्नुस  भोलिको खेल खेलाडी केसी आज अस्पताल भर्ना

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनाएको छ । उसका लागि सिपी रिजवानले सर्बाधिक ४४ रन प्रहार गरे ।

बलिङमा नेपालका अविनाश बोहराले ३, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समान दुई-दुई र करण केसीले एक विकेट लिन सफल भए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

याे पनि पढ्नुस  नेपाललाई पहिलो झड्का, पारस शून्य रनमा आउट (लाइभ)

 

कमेन्ट गर्नुहोस्