कीर्तिमानी सन्दीप पनि आउट, नेपालले गुमायो पाँच विकेट (लाइभ)

काठमाडौं, माघ १८ । यूएईले दिएको १०८ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले पाँचौं विकेट गुमाएको छ । पाँचौं विकेटका रुपमा सन्दीप जोरा (१) मा आउट भए । यसअघि, करण केसी, ज्ञानेन्द्र मल्ल, कप्तान पारस खड्का र प्रदीप ऐरी आउट भइसकेका छन् ।

याे पनि पढ्नुस  यूएईद्वारा नेपाललाई १०८ रनको लक्ष्य प्रस्तुत

यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको यूएईले १९.२ ओभरमा ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनाएको छ । उसका लागि सिपी रिजवानले सर्बाधिक ४४ रन प्रहार गरे ।

बलिङमा नेपालका अविनाश बोहराले ३, सन्दीप लामिछाने, सोमपाल कामी र करण केसीले समान दुई-दुई र करण केसीले एक विकेट लिन सफल भए । नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

याे पनि पढ्नुस  यूएइको आठौं विकेट पतन, सुल्तान रनआउट (हेर्नुस् लाइभ)

कमेन्ट गर्नुहोस्