Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एक भए राणा–लोहनी, हिन्दुराज्य र राजसंस्था ल्याएरै छाड्ने दाबी

काठमाडौं, माघ १८ । पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनी नेतृत्वका दुई राप्रपाबीच एकताको भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा एक कार्यक्रमकाबीच राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक० र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच पार्टी एकता भएको हो ।

एकिकरणपछि पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) राखिएको छ । घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वयले पार्टीले संवैधानिक राजतन्त्र र धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राज्य हुने व्यवस्थालाई मूल मुद्धा बनाउने बताएका छन् ।

दुई पार्टीका शीर्ष नेतृत्वबीच लगातारको छलफलपछि पार्टी एकताका लागि बिहीबार सहमतिपत्रमा हस्ताक्षर भएको थियो । एकीकृत नयाँ पार्टीमा दुई अध्यक्ष हुने सहमति यसअघि नै भइसकेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: