Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मदिरा खाएर बाइक चलाउने दुई प्रहरी निलम्बित

काठमाडौं, माघ १८ । मदिरा खाएर तीब्र गतिमा मोटरसाइकल चलाएको आरोपमा दुई जना प्रहरी निलम्बनमा परेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंमा कार्यरत जवान मिलन ढुंगाना र महानगरीय प्रहरी वृत्त, सिंहदरबारमा कार्यरत मनोज धमला निलम्बनमा परेका हुन् ।

ढुंगाना काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त लामाको गाडी पछाडि बस्ने सुरक्षागार्ड हुन् । बिहीबार साँझ अनियन्त्रित रुपमा मोटरसाइकल चलाइरहेको भन्दै भक्तपुर प्रहरी परिसरमा खबर भएको थियो । लगत्तै, चेकजाँचका क्रममा मनहरा खोलानजिक उनीहरु समातिएका थिए ।

तर, त्यहाँ उनीहरुले डियूटीमा रहेका सईसँग पनि अपशब्द बोलेका थिए । त्यसपछि सोधपुछका क्रममा उनीहरु प्रहरी भएको खुलेको थियो ।दुवै जनालाई अहिले भक्तपुर प्रहरी परिसरमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: