Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चितवनका जीवनले कुवेतमा ज्यान गुमाए

कुवेत,माघ १८।वैदेशिक रोजगारीका लागि कुवेत पुगेका रत्ननगर-८,चितवन नर्कटियाका ४७ बर्षिय जीवन महतो(चौधरी)को हृदयघातका कारण कुवेतमा निधन भएको छ।

कुवेतको एसके कम्पनीमा सवारी चालकको रूपमा कार्यरत चौधरी साथीहरुसंग काम गर्ने साइटमा बिहान ६:३० बजे कम्पनीकै गाडीमा गएको र केएनपिसी कम्पनीमा गेटबाट भित्र छिर्ने क्रममा चेक जाँचका लागि बाहिर निस्किएर साथिहरु संग कुरा गर्दै गर्दा अकस्मात ढले पछी तत्काल स्थानीय आदान अस्पातल पुर्याउदा उनलाई डाक्टए मृत घोषित गरेको उनका सहकर्मीले जानकारी दिएका छन्।

रक्तचाप र सुगरले ग्रसित चौधरीले मध्यपान, धुम्रपान भने गर्दैनथे ।उनी वार्षिक छुट्टी सकेर दुई महिना अघी गत डिसेम्बर ६ तारिख मात्र कुवेत फर्किएका थिए।

घटना बारे कुवेत स्थित नेपाली राजदुतावास लाई जानकारी गराएको छ ।दूतावासका दितिय सचिब ज्ञान बहादुर मगरका अनुसार आवश्यक कानुनी प्रक्रिया पुरा गरि मृतकको शव तत्काल नेपाल फर्काउन पहल शुरु गरिएको जानकारी दिएका छन्।

कम्पनीले मृतकको आबश्यक कागजात तथा शब पठाउन लाग्ने शुल्क समेत दुताबासमा बुझाई सकेको छ भने क्षतिपूर्तिका लागि पनि आबश्यक प्रकृया शुरु गरिने सचिबले बताएका छन। मृतक चौधरीको घरमा १ छोरा, १ छोरी र श्रीमती रहेका छन।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: