Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कास्कीमा सरकारी गाडीमाथि आगजनी

पोखरा, माघ १९ । कास्कीमा शनिबार बिहानै सरकारी गाडीमाथि आगजनी भएको छ। आगजनी कसले गरेको भन्ने अझै पत्ता लाग्न नसकेको कास्की प्रहरी प्रमुख ओम रानाले जानकारी दिए ।

बा १ झ ५८७९ नम्बरको पिकअप भ्यानमा आगजनी भएको हो। उक्त गाडी महानगरपालिकाको शिक्षा शाखाले प्रयोग गर्दै आएको थियो। नेपाल विद्यार्थी संघको विरोधको कार्यक्रम रहेकै बेला सरकारी गाडीमा आगजनी भएको हो। प्रहरीले नेपाल विद्यार्थी संघले गाडी आगजनी गरेको आशंका गरेता पनि आगो कसले लगाएको भन्ने बारेमा अनुसन्धान गरिरहेको बताएको छ।

नेवि संघको केन्द्रिय परिपत्रअनुसार शनिबार सरकारी गाडी चल्न नदिने कार्यक्रम रहेको नेवि संघ पृथ्वीनारायण क्याम्पसका नेता रेशम हमालले जानकारी दिए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: