Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बीपीएलमा डी विलियर्सको टोली ९ विकेटले विजयी

काठमाडौं, माघ १९ । बंगलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आज भएको खेलमा एबी डी विलियर्सको टोली रंगपुर राइडर्स विजयी भएको छ ।

कोमिल्ला भिक्टोरियन्ससँग भएको खेलमा डी विलियर्सको टोली ९ विकेटले विजयी भएको हो । टस जितेर ब्याटिङ रोजेको कोमिल्लाले १६.३ ओभरमा सबै विकेट गुमाउँमै ७२ रन मात्र जोड्न सक्यो । उसका लागि जिआउर रहमनले सर्बाधिक २१ रन बनाए ।

बलिङमा रवि भुपाराले ३, नहदिुल इश्लाम, मुसरुफे मुर्तजाले समान दुईदुई, साइदिलु इश्लाम र मिन्जाजुल अफ्रीदीले समान एकएक विकेट लिए ।

७३ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको रंगपुर राइडर्सले ९.३ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो । उसका लागि डि विलियर्सले ३४, क्रिस गेलले ३५ र मेहदी मरुफले ५ रन बनाए । बलिङमा कोमिल्लाका सन्जीत शाहले एक विकेट लिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: