Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अब अायल निगम नाफामा, बढ्याे पेट्रोलियम पदार्थकाे मूल्य

काठमाडौँ — नेपाल आयल निगमले शनिबार मध्यरातदेखि लागू हुने गरी इन्धनको भाउ बढाएको छ । निगमका अनुसार काठमाडौंका उपभोक्ताले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर थप दुई रुपैयाँ तिर्नुपर्नेछ । पेट्रोलको मूल्य प्रतिलिटर एक सय १० रुपैयाँ र डिजेल तथा मट्टितेलको प्रतिलिटर मूल्य ९७ रुपैयाँ कायम गरिएको छ ।

यो मूल्य समायोजनपछि निगमले १५ दिनमै एक अर्ब १६ करोड रुपैयाँ नाफा कमाउनेछ । निगमले हवाई ईन्धन र ग्यासको भाउ भने बढाएको छैन ।

ग्यास कारोबारमा निगमलाई प्रतिसिलिन्डर ३३ रुपैयाँ घाटा छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: