Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

भरतपुरमा धुर्मुस–सुन्तलीलाई भव्य स्वागत [फोटोफिचर]

चितवन, माघ २० । हास्यकलाकार एवं समाजसेवी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ लाई भरतपुरमा भव्य स्वागत गरिएको छ । भरतपुर विमानस्थलदेखि नै बाजागाजा र फूलमालासहित उनीहरुलाई गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणस्थलसम्म पुर्याइएको छ ।

बिहान भरतपुर विमानस्थलमा ओर्लिएका उनीहरुलाई खेलाडी, खेल संघका पदाधिकारी, महानगरपालिका प्रमुख तथा पदाधिकारी एवं समर्थकले फूलमाला र अबिरसहित स्वागत गरे । त्यसपछि भरतपुर महानगरपालिकाको संलग्नतामा र्यालीसहित भरतपुर–१५ स्थित रंगशाला निर्माणस्थल पुर्याइएको थियो ।

त्यहाँ धुर्मुस–सुन्तली फाउण्डेसनका अध्यक्ष कट्टेल र भरतपुर महानगर प्रमुख रेनु दाहालले निर्माणस्थल लेखिएको बोर्ड उद्घाटन गरे । त्यसपछि हजारौं समुदायलाई उनीहरुले सम्बोधन गरे । त्यस क्रममा कट्टेलले भनिएकै समयमा रंगशाला बन्ने बताए । “यत्ति सम्झनुस्, रंगशाला सतप्रतित बन्यो”, उनले भने, “तपाईंहरुले गरेको सहयोग एक पैसा पनि तलमाथि हुन्न, सबै यहीं खर्च हुन्छ ।”

फाउण्डेसनका उपाध्यक्ष कुञ्जना घिमिरेले सारा नेपालीको एकताले नै अर्बौंको योजना आट्ने सासह मिलेको बताइन् । “एक छाक खाना सहयोग गर्नुस्”, उनले भनिन्, “त्यो पनि परेन, कुनै अम्मल लिने गर्नुभएको छ भने छुटाएर सहयोग गर्नुस्, रंगशाला बनिहाल्छ ।” भरतपुर महानगर प्रमुख दाहालले भरतपुर महानगर र फाउण्डेसनको सहकार्यले तोकिएको समयमा रंगशाला बन्ने कुरामा ढुक्क हुन आह्वान गरिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: