Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपालले छिट्टै वान्डे र टी–२० विश्वकप खेल्छः उपराष्ट्रपति पुन

काठमाडौं, माघ २० । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नेपाली क्रिकेट टोलीलाई बधाई एवं शुभकामना दिएका छन् । संयुक्त अरब ईमिरेट्स (यूएई) विरुद्धको एक दिवसीय र टी–२ अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखला जितेको अवसरमा उपराष्ट्रपति पुनले बधाई एवं शुभकामना दिएका हुन् ।

उनले श्रृखंला जितेर ईतिहास बनाएकोमा खुशी व्यक्त गर्दै नेपाली राष्ट्रिय क्रिकेट टिम, प्रशिक्षक र सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । उपराष्ट्रपति पुनले नेपाली क्रिकेटमा नयाँ ईतिहास रचेर सारा नेपालीलाई खुशी दिएकोमा राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक जगत तमटा, कप्तान पारस खड्का र सदस्यहरुप्रति विशेष धन्यवादसहित सम्मान व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले प्रतियोगिताको क्रममा अन्तर्राष्ट्रियमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने रोहितकुमार पौडेल र ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कम उमेरमा अर्धशतकको रेकर्ड बनाउने सन्दीप जोरा लगायत विभिन्न रेकर्ड बनाउने खेलाडीलाईसमेत बधाई तथा धन्यवाद दिएका छन् ।

उनले सिमित साधन स्रोतको बाबजुद राष्ट्रिय क्रिकेट टिमले उत्कृष्ट प्रदर्शन गरेर नेपालीहरुलाई खुशी दिनु राष्ट्रकै गौरव र प्रतिष्ठा भएको उल्लेख गर्दै नेपालले छिट्टै एक दिवसीय र टि–२० विश्वकप खेल्ने विश्वास व्यक्त गरेका छन् ।

साथै, उपराष्ट्रपति पुनले क्रिकेट लगायत खेलकूदको विकासका लागि सुविधा सम्पन्न खेलमैदान निर्माण गर्नुका साथै लगानी वृद्धि गर्न सबै पक्षको ध्यानाकर्षण गराएका छन् । उनले क्रिकेटमा प्राप्त उपलब्धी र यसबाट प्राप्त खुशीलाई नेपाली क्रिकेट र समग्र खेलकूदको विकासमा रुपान्तरण गर्न सबैलाई अपीलसमेत गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: