Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

नेपाली क्रिकेटरको सफलताले सम्पूर्णमा उत्साह र उमंग छाएको छः प्रचण्ड

काठमाडौं, माघ २० । यूएईमा सम्पन्न टी–२० सिरिजको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपाली क्रिकेट टोलीले ऐतिहासिक जित हासिल गरेकोमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले बधाई दिएका छन् ।

उनले फेसबुकमार्फत नेपाली क्रिकेट टोलीले एकपछि अर्को सफलता हात पार्दै सम्पूर्ण नेपालीहरुमा उत्साह र उमंग जगाएको भन्दै बधाई दिएका हुन् ।

उनले लेखेका छन्, ‘सम्पूर्ण नेपाली क्रिकेट टोलीलाई बधाई दिन चाहन्छु । विश्वस्तरीय प्रतिस्पर्धाहरुमा नेपाली खेलाडीहरुको एकपछि अर्को जितले सम्पूर्ण नेपालीहरुमा उत्साह र उमंग छाएको छ । आगामी दिनमा पनि अझै राम्रो प्रस्तुतिको अपेक्षासहित नेपाली क्रिकेट खेलाडीहरुको उत्तरोत्तर प्रगतिको शुभकामना पनि व्यक्त गर्दछु ।’

कमेन्ट गर्नुहोस्

%d bloggers like this: