ऐतिहासिक जितमा करण केसी ‘प्लेयर अफ दि म्याच’ घोषित

काठमाडौं, माघ २० । यूएई विरुद्धको भएको टी–२० सिरिजको अन्तिम खेलमा करण केसी म्याद अफ दि म्याच बनेका छन्। यूएईविरुद्ध एक दिवसीय क्रिकेट शृंखला जितेको नेपालले टीट्वान्टी सिरिज पनि हात पारेको हो।

टी–ट्वान्टी शृंखलाको अन्तिम अर्थात् तेस्रो खेलमा नेपालले जित दर्ता गरेको खेलको हिरो करण केसी बनेका हुन्। नेपालको जितका लागि करण केसी एक्लैले एउटै ओभरमा दुई विकेट लिए।

याे पनि पढ्नुस  नेपाल र युएईबीच एक दिवसीय क्रिकेट हुने

टस जितेर फिल्ड रोजेको यूएईलाई अन्तिम खेलमा नेपालले आठ विकेटको क्षतिमा १०५ रनको चुनौती दिएको थियो। नेपालबो ब्याटिङमा कप्तान पारस खड्का र सन्दीप जोराले महत्वपूर्ण योगदान दिए।

टस जितेर फिल्ड रोजेको यूएईविरुद्धको ब्याटिङ गरेका करण छैटौं विकेटको रुपमा बाहिरिएका थिए। उनले पाँच बलमा १० रन मात्र बनाएका थिए।

कमेन्ट गर्नुहोस्