Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बीबीएल खेल्न अष्ट्रेलिया पुगे सन्दीप

काठमाडौं, माघ २१ । नेपाली क्रिकेट टोलीका महत्वपूर्ण सदस्य सन्दिप लामिछाने बिग ब्यास लिग (बीबीएल) खेल्न पुनः अस्ट्रेलिया पुगेका छन् ।

नेपाल राष्ट्रिय टोलीसँगै यूएई भ्रमण रहेका उनी त्यहीँबाटै अस्ट्रेलिया प्रस्थान गरेका हुन् । बंगलादेश प्रिमियर लिग (बीपीएल) का लागि खेल्न बिचैमा बीबीएल छोडेर बंगलादेश हानिएका सन्दिप त्यहीँबाटै नेपालको लागि यूएई भ्रमणमा गएका थिए ।

नेपाललाई ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय र टि-२० सिरीज जिताउन महत्त्वपूर्ण भूमिका खेलेका लामिछाने अस्ट्रेलियाको बिग ब्यास लिगमा मेलबर्न स्टार्सबाट खेलिरहेका छन् ।

बिग ब्यास लिगमा मेलबर्नबाट सुरुवाती ४ खेल मात्रै खेलेका सन्दिपले फेब्रुअरी ८ मा ब्रिस्बेन हिट र फेब्रुअरी १० मा सिड्नी सिक्सर्स विरुद्ध हुने खेल खेल्ने छन् ।

बीबीएलमा मेलबर्न स्टार्सले अझै राउण्ड रोबिन चरणका दुई खेल खेल्न बाँकी नै छ भने अब एक खेल मात्र जिते पनि मेल्बर्न अघिल्लो चरण प्रवेश गर्नेछ । सन्दिप लामिछाने बिग ब्यास लिग सकेर पाकिस्तान सुपर लिगमा सहभागिता जनाउन पाकिस्तान जाने कार्यक्रम छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: