भेनेजुएला संकटः अमेरिकाको सहयोग मडुरोले नलिने

बीबीसी । भेनेजुएलामा जारी चरम आर्थिक संकट समाधानका लागि अमेरिकाले आर्थिक एवं मानवीय सहयोग उपलब्ध गराउने भएको छ । अमेरिकी राष्ट्रिय सुरक्षाका सल्लाहकार जोन बोल्टनले आर्थिक सहयोगका लागि सकारात्मक रहेको बताएका छन् ।

भेनेजुएलालाई आर्थिक र मानवीय सहयोग गर्न तयार रहेको भन्दै सम्बन्धित निकायलाई आवश्यक तयारी थाल्न समेत निर्देशन दिएको बीबीसीले उल्लेख गरेको छ । तर राष्ट्रपति निकोलस मडुरोले विपक्षी नेताले चालेको शत्तापलटको षडयन्त्रमा मतियारको भूमिका निभाएको भन्दै अमेरिकाको आलोचना गरेका छन् ।

याे पनि पढ्नुस  Controversial Book on Trump Release Early

अमेरिकाले प्रस्ताव गरेको आर्थिक सहयोग समेतलाई मडुरोले बहिष्कार गरेका छन् । तर विपक्षी नेता जुआ गुवाइडोले भने अमेरिकी निर्णयको स्वागत गरेका छन्। यसअघि नै गुवाइडोले एक अन्तर्राष्ट्रिय आर्थिक गठबन्धन खडा गरी संकट समाधान गर्न सकिने बताएका थिए।

भेनेजुएलाकै प्रसङ्गमा, राष्ट्रपति मडुरोले आफ्नो देश गृहयुद्धमा होमिने वा नहोमिने विषय अमेरिका र उसका मित्र राष्ट्रको गतिविधीमा निर्भर रहने बताएका छन् । एक टिभी अन्तरवार्ताका क्रममा मडुरोले भनेका छन्, ‘यसको स्पष्ट जवाफ छैन, यो उत्तरी सामाज्य र उसका मित्र शक्ति राज्यको बल मिच्याँइमा भर पर्छ, हामी हाम्रो देशमा बस्छौँ र कसैले हस्तक्षेप नगरोस् भन्ने चाहाना राख्छौँ ।’ अमेरिकी पछिल्ला कदमलाई उनले पागलपनको संज्ञा दिएका छन् । आफू प्रतिरक्षाका लागि तयार रहेको भन्दै उनले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेपको क्रम बढे अमेरिकाले नराम्रो परिणाम भोग्नुपर्ने चेतावनी समेत दिएको बीबीसीले उल्लेख गरेको छ ।

कमेन्ट गर्नुहोस्