Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आज फेसबुकलाई पुग्यो १५ वर्ष, हेरौं यस कम्पनीको इतिहासका १५ महत्वपूर्ण घटना

एजेन्सी । संसारभर नै २ अर्ब ३२ करोड प्रयोगकर्ता भएको सामाजिक संजाल फेसबुक स्थापना भएको आज १५ वर्ष भएको छ । सुरुमा विद्यार्थीहरूलाई नेटवर्किङ सुविधा उपलब्ध गराउने उद्देश्यले स्थापित यस कम्पनी स्थापना भएको दुई वर्षपछि त्यस समयको ‘टेक जाइन्ट’ याहूले यसलाई एक अर्ब डलर अर्थात लगभग ११३ अर्ब नेपाली रुपैयाँमा किन्न खोजेको थियो तर जुकरबर्गले उक्त प्रस्तावलाई अस्वीकार गरिदिए । जुकरबर्गलाई शायद याहूले प्रस्ताव गरेको मूल्य कम छ भन्ने लागेको हुनाले उनले उक्त प्रस्ताव नमानेको बताइन्छ । तर धेरैको मत थियो ‘जुकरबर्ग बढी महत्वाकांक्षी भए ।’

विद्यार्थीका लागि बनाइएको ‘साइट’ भयो विश्वव्यापी

सन २००४ मा हार्वर्ड विश्वविद्यालयका विद्यार्थीहरूको सुविधालाई ध्यानमा राखेर निर्माण गरिएको ‘द फेसबुक’ले इन्टरनेट प्रयोगको परिपाटीलाई नै परिवर्तन गरिदियो । आरम्भमा जुकरबर्गले आफ्ना तीन सहपाठी एदुआर्दो साभेरिन, क्रिस हगेस र डस्टिन मोस्कोभिट्जसँग मिलेर उक्त साइट निर्माण गरेका थिए । त्यसमा सबैको एक-एक हजार डलर लगानी रहेको थियो ।

यदि फेसबुकको आजको अवस्था हेर्ने हो भने जुकरबर्गको उक्त निर्णय कति समय सापेक्ष थियो भन्ने प्रष्ट हुन जान्छ । आज फेसबुकको सेयरमूल्य याहूको माउ कम्पनी “भेरिजोन कम्युनिकेसन्स’ भन्दा पनि तीन गुणा बढी भैसकेको छ । भेरिजोनले याहूलाई २०१६ मा ४ अर्ब ८३ करोड डलरमा खरिद गरेको हो । हाल भेरिजोनको बजारमूल्य दुई सय अर्ब रहेको छ भने फेसबुकको कुल मूल्य ५४१ अर्ब डलर रहेको छ ।

फेसबुक: १५ वर्षमा कसरी पुग्यो शिखरमा

१. फेब्रुअरी २००४: सार्वजनिक भएको क महिनामा नै लोकप्रिय

मार्क जुकरबर्ग, डस्टिन मोस्कोभिट्ज, क्रिस हगेस र एडुआर्डो सेभेरिन ले हार्वर्डका विद्यार्थीहरूका लागि फेसबुक वेबसाइट सार्वजनिक गरेका थिए । एक महिनापछि यसको पहुँच येल, कोलम्बिया र स्ट्यानफोर्ड जस्ता अन्य प्रसिद्ध विश्वविद्यालयका विद्यार्थीहरूसम्म भइसकेको थियो । त्यसको केही समयपछि नै फेसबुक अमेरिकाका विद्यार्थीहरूमाझ लोकप्रिय भइसकेको थियो ।

२. जुन २००४: पहिलो लगानीकर्ता पाइनु

फेसबुकको विकासका लागि यसका संस्थापकहरू हार्वर्ड विश्वविद्यालय छाडेर क्यालिफोर्नियाको पालो अल्टोमा सरे । त्यहाँ उनीहरूले भाडामा घर लिए र त्यहाँबाटै फेसबुक संचालन गर्न थाले । यस अवधिमा फेसबुकमा एकै पटक ५ लाख डलरको ठुलो लगानी भयो । यो लगानी गर्ने ‘पे पल’का सह-संस्थापक पिटर थिल थिए ।

३. डिसेम्बर २००४: प्रयोगकर्ताको संख्या १० लाख पुग्यो

यस अवधिमा फेसबुकले ‘वाल’ फिचर सार्वजनिक गर्यो । यसमा प्रयोगकर्ताका साथीहरूले संदेश लेख्न सक्थे । यो सेवा निकै लोकप्रिय भयो र फेसबुक  प्रयोगकर्ताहरूको संख्या ह्वात्तै बढ्न पुग्यो । १ डिसेम्बर २००४ मा फेस्बुक्ले आफ्ना प्रयोग्कत्को संख्या १० लाख नाघेको घोषणा गर्यो ।

४. जुलाई २००६: याहूद्वारा फेसबुक किन्ने प्रस्ताव

याहूले २००६ जुलाईमा एक अर्ब डलरमा फेसबुक किन्ने प्रस्ताव पेस गर्यो । तर जुकरबर्गलाई सायद यसको क्षमताबारे थाहा थियो । उनले मूल्य कम भएको भन्दै उक्त प्रस्ताव अस्वीकार गरिदिए ।

५. अक्टुबर २००७: माइक्रोसफ्टले किन्यो १.६ प्रतिशत शेयर

सन् २००७मा आएर माइक्रोसफ्टले २४ करोड डलरमा यस कम्पनीको १.६ प्रतिशत हिस्सेदारी किन्यो । यसपछि फेसबुकको बजारमूल्य १५ अर्ब डलर हुन पुग्यो । त्यसको एक महिनापछि फेस्बुक्ले ‘बिकन एड’ भन्ने प्रोग्राम सार्वजनिक गर्यो । यसको माध्यमले प्रयोगकर्ताहरूको बानी-व्यहोरा पत्ता लगाइन्थ्यो । उक्त समय सूचनाको गोप्यताको विषयलाई लिएर बिकनबारे निकै विवाद पनि भएको थियो ।

६. मार्च २००८: पहिलो पटक महत्वपूर्ण नियुक्ति

यस पटक फेसबुकले गूगलका शेरिल स्याण्डबर्गलाई प्रमुख संचालन अधिकृत अर्थात् सिओओ नियुक्त गर्यो । उनी यस अधि गुगलमा काम गर्दथिन । उनले त्यसअघि तत्कालीन राष्ट्रपतिको वित्त विभागमा प्रमुख भएर काम गरिसकेकीले उनले अमेरिकी र विश्वराजनीति समेत राम्ररी बुझेकी थिइन् ।

७. डिसेम्बर २०१०: पहिलो पटक देखियो सामाजिक संजालको शक्ति

ट्यूनीशियाका तानाशाह जिने अल आबेदीन बेन अलीलाई अपदस्थ गरौँ भएको संघर्षमा फेसबुककोभुमिका स्पष्टसँग देखियो । उक्त समय फेसबुक आन्दोलनकारीहरूबीच संवादको मूख्य साधनको रूपमा रह्यो ।

८. अप्रिल २०१२: पहिलो ठुलो अधिग्रहण

फेसबुकले सय करोड डलरमा इन्स्टाग्रामको अधिग्रहण गर्यो । यसले फेसबुकलाई अझै शक्तिशाली बनाइदियो । र अर्को सामाजिक संजाल स्नेप च्याटको बढ्दो लोकप्रियतासँग भिड्न यो अधिग्रहण महत्वपूर्ण रह्यो ।

९. मे २०१२: टेक कंपनीको सबैभन्दा ठुलो आइपिओ

फेसबुकले शेयर बजारमा आइपिओ जारी गरेर १६ अर्ब डलर उठायो । यो कुनै पनि प्राविधिक कम्पनीले शेयर बेचेर कमेकोसर्वधिक रकम थियो । १८ मे २०१२ मा अमेरिकी शेयर बजारमा फेसबुकको शेयर मूय ३८ डलर प्रतिकित्ता कायम हुनपुग्यो ।

१०. मे २०१२: जुकरबर्गले गरे विवाह

फेसबुक अमेरिकी शेयर बजारमा सुचिकृत भएको अर्को दिन नै अर्थात् १९ मे २०१२ मा जुकरबर्गले आफ्नी प्रेमिका प्रिसिला चानसँग विवाह गरे ।

११. सेप्टेम्बर २०१२: फेसबुकको शेयर मूल्यमा महत्वपूर्ण गिरावट

यो महिना फेसबुकको शेयर मूल्यमा ठुलो गिरावट देखियो । यो १८ डलर प्रति कित्ता भन्दा मुनि पुग्न गयो । यसले यसका निर्माताहरूलाई नयाँ दिशाबाट सोच्न बाध्य गराइदियो ।

१२. फेब्रुअरी २०१४: सबैभन्दा ठुलो अधिग्रहण

फेसबुकले १९ अर्ब डलरमा १ अर्ब ५० करोडभन्दा बढी प्रयोगकर्ता भएको अर्को सामाजिक संजाल ‘व्हाट्स एप’लाई अधिग्रहण गर्यो ।

१३. जुन २०१७: फेसबुक प्रयोगकर्ताको संख्या २ अर्ब पुग्यो

फेसबुकका मासिक सक्रिय प्रयोगकर्ताको संख्या जुन २०१७ मा २ अर्ब पुग्यो । यदि फेसबुकलाई देश मान्ने हो भने यो संसारको सबैभन्दा बढी जनसंख्या भएको देश हुनसक्ने अवस्थामा फेसबुक पुग्न्न गयो ।

१४. मार्च २०१८: डेटा चोरीको विवाद र शेयरमूल्यमा गिरावट

सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्पका लागि काम गर्ने ब्रिटिश कम्पनी ‘क्याम्ब्रिज एनालिटिका’ले ८.७ करोड अमेरिकी फेसबुक प्रयोगकर्ताहरूको विवरण हासिल गरेको समाचार आएपछि यसको विश्वसनीयतामा भारी गिरावट आयो तथा यसप्रति लगानीकर्ताहरूको विश्वास समेत कम हुन पुग्यो जसले फेसबुकको शेयरमूल्यमा भारी गिरावट आयो । यति मात्र होइन यो समाचार सार्वजनिक भापाची फेसबुकका सक्रिय प्रयोगकर्ताहरूको संख्या पनि उल्लेख्य रूपले कम हुन पुग्यो ।

१५. नोभेम्बर २०१८: सिइओको पद छाड्न जुकरबर्गद्वारा इन्कार

न्युयोर्क टाइम्समा फेसबुकले एपल आदि कम्पनीहरूको दुष्प्रचार गर्न एउटा जनसम्पर्क कम्पनी अनुबन्धित गरेको समाचार प्रकाशित गरेपछि उनीमाथि पदत्याग गर्नुपर्ने दबाब आयो । र पहिलो पटक जुकरबर्गले आफू उक्त पदमा रहिरहने दावा गरे । उनी सन् २०१६ देखि फेसबुकमा ‘वन डलर सिइओ’ अर्थात् एक डलर तलब पाउने कार्यकारी अधिकृत रहेका छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: