Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एकाबिहानै मालपाेतमा मन्त्री अर्याल, दिइन् यस्तो निर्देशन

काठमाडौं, माघ २१ । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मालपोल कार्यालय चावहिलको छड्के अनुमगन गरेकी छन्। बिहान मन्त्री अर्यालसहितको टोलीले कार्यालयमा भइरहेका दैनिक गतिविधिहरुको अनुगमन गरेको हो ।

टोलीले कार्यालय प्रवेश गरी सेवाग्राहीसँग बसेर त्यहाँको गतिविधिको अनुगमन गरेको थियो । साधारण पोशाकमा गएकी उनले सचिव गोपीनाथ मैनाली सहितको टोलीसहित सेवाग्राहीसँग सेवा प्रवाहका बारेमा जानकारी लिएकी छन् ।

मन्त्री अर्यालले सेवाग्राहीलाई कसरी खुसी बनाउन सकिन्छ भन्नेमा केन्द्रित हुन कर्मचारीलाई निर्देशन दिइन्। मन्त्रालयका सचिव गोपिनाथ मैनालीले कार्यालय अनुगमनका क्रममा केही कर्मचारी अनुुपस्थित देखिएको र केहीले हाजिर नगरेरै काम गरिरहेको पाइएको बताए।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: