Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रचण्ड निवासमा राष्ट्रिय क्रिकेट टाेली, अध्यक्षद्वारा बधाई तथा शुभकामना (फाेटाे फिचर)

ललितपुर, माघ २२ । ऐतिहासिक विजय हासिल गरेर फर्किएकाे नेपाली राष्ट्रिय क्रिकेट टाेलीलाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई तथा शुभकामना दिएका छन् ।

अध्यक्ष प्रचण्डले आज मंगलबार खुमलटारस्थित निवासमा बाेलाएर राष्ट्रिय टीमका खेलाडीलाई बधाई दिएका हुन ।

नेपाली राष्ट्रिय क्रिकेट टीमले विश्वमा नेपालकाे सम्मान र इज्जत बढाउन सफल भएकाे भन्दै अध्यक्ष प्रचण्डले नेपालकाे ऐतिहासिक जीतले खुशी भएकाे बताए । देश समृद्धिकाे यात्रामा अघि बढेकाे बेला राष्ट्रिय एकतालाई मजबुत गर्न क्रिकेट खेलमा भएकाे प्रगतिले ठूलाे भुमिका खेलेकाे उनकाे भनाई थियाे ।

अध्यक्ष प्रचण्डले राज्यले खेल क्षेत्रलाई विशेष महत्व दिएकाे र चितवनमा बन्ने स्टेडियमबाट क्रिकेट खेलकाे विकासमा झन याेगदान पुग्ने उनले बताए ।

अाफ्नाे तर्फबाट याे क्षेत्रकाे विकास र खेलाडिकाे मनाेबल उच्च राख्न सक्दाे सहयाेग गर्ने समेत अध्यक्षले बताए ।

अध्यक्षलाई भेटन नेपाली राष्ट्रिय टाेलिका खेलाडी खुमलटार पुगेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: