Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सोनाम ल्होछार : विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, माघ २२ । तामाङ समुदायले माघ शुक्ल प्रतिपदाका दिन मनाउने सोनाम ल्होछार अर्थात् नयाँवर्ष पर्व मंगलबार विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

मञ्जुश्री पात्रोअनुसार मंगलबारदेखि कुकुर वर्ष पूरा गरी सुँगुर वर्ष प्रवेश हुन्छ ।

यो २८५५औँ सोनाम ल्होछार हो । मञ्जुश्री पात्रो शुरु भएको २८५५औँ वर्ष भएकाले सोनाम ल्होछार पनि त्यति नै वर्ष भएको मूल आयोजक समितिले जनाएको छ । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका अवसरमा विभिन्न कार्यक्रम गरी सोनाम ल्होछार पर्व मनाइन्छ ।

ल्होसारका १२ वटै वर्ष पशुपक्षीको नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले बताए । मुसा, गाई, बाघ, बिरालो, गरुड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्षमा सोनाम ल्होछारलाई विभाजन गरिएको मूल आयोजक समितिकी वरिष्ठ उपाध्यक्ष बेली लो तामाङले जानकारी दिए ।

यस अवसरमा नेपाल तामाङ घेदुङलगायत संस्थाले टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गर्ने जनाइएको छ । सोनाम ल्होछार महोत्सवका नाममा तामाङ खाना, वेषभूषा, कला संस्कृति लगायतको प्रदर्शन गरिने जनाइएको छ । मंगलबार दिउँसो १ बजे टुँडिखेलमा हुने कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको मूल आयोजक समितिले जनाएको छ । यस अवसरमा मंगलबार ३ नं प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको छ । रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: