Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डोलेश्वर मन्दिर संरक्षण समितिको नेतृत्वमा बालहरि चालिसे

भक्तपुर, माघ २२ । प्रसिद्ध धार्मिक स्थल केदारनाथको शिर डोलेश्वर महादेव मन्दिर संरक्षण तथा विकास समितिको १०औं साधारणसभा गत माघ २० गते शनिबार सम्पन्न भएको छ ।

१०औं साधारणसभाले बालहरि चालिसेको अध्यक्षतामा १७ सदस्यीय कार्य समिति गठन भएको छ ।

जसमा उपाध्यक्षद्वय सूर्यबहादुर खाईटुर मोहन गिरी, महिला उपाध्यक्षमा निर्मला सञ्जेल, महासचिव धर्मराज बस्नेत, सचिवद्वय हरिशरण बस्नेत र विश्वराम थापा, कोषाध्यक्ष मोहन बल्ल, सह–कोषाध्यक्ष दिलिप केसी, सदस्यहरुमा राजनकाजी त्वाटी, ई.कविराम थापा, विनोद भट्टराई, मुकुन्द शर्मा, दिपक बस्नेत, गीता थापा, सुनीता थापा र केदारप्रसाद उपाध्याय रहेका छन् ।

सो समितिले डोलेश्वर महादेव मन्दिरको निम्ति भावी योजना र विविध धार्मिक कार्यक्रमहरु सञ्चालन गर्नको लागि वार्षिक कार्ययोजनाका साथ नयाँ जोश जाँगरका साथ अगाडि बढिरहेको निर्वाचित अध्यक्ष बालहरि चालिसेले बताए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: