Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

घरमाथि विमान ठोक्किँदा ५ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्नियामा एउटा जहाज अचानक एक घरमाथि दुर्घटना हुँदा पाँचजनाको ज्यान गएको छ ।

जहाज खसेपछि घरमा पार्टी मनाइरहेका चारजनाको तत्कालै ज्यान गएको छ भने जहाजमा सवार एक पाइलट पनि मारिएका छन् ।

लस एन्जेल्स नजिकै योरबा लिन्डामाथि उडिरहेको जहाज सेस्ना ४१४ ए आइतवार अचानक अनियन्त्रित भएर आगोलो लप्कामा बदलिएको थियो । आगो लागेसँगै यो जहाज सीधै गएर एउटा घरमाथि बजारियो ।

छिमेकीका अनुसार घटनाको समयमा घर मालिक एक पार्टी दिइरहेका थिए । घरमा खसेपछि जहाजका टुक्रा उछिटिएर अर्को घरसम्म पुगेका थिए । तर त्यहाँ कुनै क्षति भएन ।

समाचार अनुसार दुई इन्जिन रहेको यो जहाज १९८१ मा बनेको थियो । दुर्घटनाका बेला यो जहाजको नवीकरण भएको थिएन । यो घटनामा कम्तीमा २ जना घाइते भएका छन् । मृतकहरुमा २ पुरुष र दुई महिला पनि रहेका छन् ।

अधिकारीहरूका अनुसार विमान चालकको पहिचान ७५ वर्षीय एन्टोनियो पास्तिनीको रूपमा भएको छ । गार्डनर भिल्ले, नेभाडा निवासी पास्तिनी अवकाशप्राप्त प्रहरी अहिकारी रहेको बताइएको छ । छिमेकीका अनुसार घटनाका क्रममा केही मानिसले भागेर ज्यान जोगाएका थिए । एजेन्सी

 

 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: