Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शिक्षामन्त्री भन्छन्, ‘नाफा कमाउने भए उद्योग खोल्नुस्, विद्यालय होइन’

काठमाडौं, माघ २२ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षा नाफा कमाउने क्षेत्र नभएको बताएका छन् । चन्द्रागिरी नगरपालिका बलम्बुको रहेको जापान सरकारद्धारा निर्मित प्रनिधि माध्यमिक बिद्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शिक्षामन्त्री पोखरेलले शिक्षा क्षेत्रको लगानी नाफा कमाउने भन्दा पनि देश विकास गर्ने, देश बनाउने क्षेत्र भएको उनले उल्लेख गरे । उनले भने, ‘नाफा कमाउन मन हुनेहरुले उद्योग खोल्नुस्, विद्यालय होइन ।’

लगानीकर्ताले संविधानको भावाना अनुरुप कामलाई अघि बढाउनुपर्ने बताउँदैं मन्त्री पोखरेलले शिक्षामा काम गर्नु भनेको देश विकासमा सहयोग गर्नु मात्रै भएको बताए । सार्वजनिक शिक्षालाई सवल बनाउनु पर्ने बताउँदैं प्राविधिकरव्यवसायिक शिक्षालाई जोड दिनु आवश्यक रहेको मन्त्री पोखरेलको भनाई थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: