विप्लव र प्रकाण्डसहित १६ जनालाई अदालतले दियो सफाइ

भोजपुर, माघ २२ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) सहित १६ जनाले सफाइ पाएका छन् । प्रदेश तथा प्रतिनिधि सभा चुनावमा बम विस्फोट गराएको आरोपमा विप्लवसहित २० जना विरुद्ध लगाइएको मुद्धामा १६ जनाले सफाइ पाएका हुन् ।

भोजपुर जिल्ला अदालतका न्यायाधीश हरिश्चन्द्र इङ्नामको एकल इजलाशले नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, पोलिटब्यृूरो सदस्य पदमबहादुर राईसहित १६ जनाले सफाइ पाए ।

गएको वर्ष सम्पन्न भएको प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा महासचिव विप्लव र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ स्थायी कमिटी सदस्य धर्मेन्द्र बास्तोला, पोलिटब्यूरो सदस्य पदमबहादुर राई समेत २० जनालाई जिल्लाको ३ ठाउँमा बम विस्फोट गराएको आरोपमा ज्यान मार्ने उद्योग, विष्फोटक पदार्थ र आगजनी गरेको मुद्धा जिल्ला अदालत भोजपुरमा दायर भएको थियो ।

कमेन्ट गर्नुहोस्