Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

यूएनडीपीको गाडी दुर्घटना हुँदा चालकको मृत्य, ५ घाइते

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको थप्रेकमा मंगलबार बेलुकी राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) का कर्मचारी चढेको गाडी दुर्घटना भएको छ । चालकको घटनास्थलमै ज्यान गएको छ भने पाँचजना घाइते भएका छन् । 

अन्नपुर्ण पाेष्टमा देवचन्द्र भट्टले लेखेकाे समाचार अनुसार, घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । सदरमुकाम विदुरदेखि ३५ किलोमिटर पूर्वमा रहेको पञ्चकन्या गाउँपालिका–४ थप्रेकस्थित आरुखर्क सनलघारीमा यूनडीपीका कर्मचारी सवार बा ३ च ५७११ नम्बरको टाटा सुमो गाडी दुर्घटना भएकाे हाे । गाडी कच्ची सडकबाट एक सय ५० मिटर तल खसेको छ ।

दुर्घटनामा चालक सर्लाहीका २४ वर्षीय सुमन बुढाथोकीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख तथा प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लिमगरले जानकारी दिए । 

दुर्घटनाअघि उक्त गाडी घ्याङफेदी पुगेर सातविसे हुँदै आरुखर्क जाँदै गरेको उनले बताए । दुर्घटनालगत्तै स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए । 

घाइतेको नाम मंगलबार अबेरसम्म खुलेको छैन । घाइतेको उद्धार गरी उपचारका लागि काठमाडौ पठाइएको खरानीटार इलाका प्रहरी चौकीका इन्जार्च प्रहरी निरीक्षक नरेशकुमार महतोले जानकारी दिए ।  

थप्रेकमा युएनडीपीको सहयोगमा निर्माण भई रहेको स्वास्थ्य चौकीको निरीक्षण गर्न कर्मचारी बट्टारबाट गाडी भाडामा लिएर गएका थिए । 

कमेन्ट गर्नुहोस्

%d bloggers like this: