Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘ब्वाइफ्रेण्ड’को पोष्टरसँगै रिलिज मिति सार्वजनिक

काठमाडौं, माघ २३ । निर्माता लायन कृष्ण खनालको निर्माणमा रहेको नेपाली कथानक चलचित्र ‘ब्वाइफ्रेण्ड’को पोष्टरसँगै रिलिज मिति सार्वजनिक गरिएको छ ।

निर्माण टिमले चलचित्रका तीन नयाँ पोष्टर समेत सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

चलचित्र आगामी फागुन १० गतेबाट प्रदर्शनमा आउने भएको छ । सार्वजनिक पोष्टरमा चलचित्रको सम्पूर्ण पात्रको लुक्स र फिल्मको थिम प्रस्ट्याउने कोसिस गरिएको छ । युवा पिंढीमा मौलाएको ब्वाइफ्रेण्ड र गर्लफ्रेण्ड बनाउने मात्र नभएर अभिभावकले आफ्ना छोराछोरीप्रति जिम्मेवारी बहन नगर्दा हुने परिणाम कस्तो हुन्छ भन्ने विषयलाई चलचित्रमा समेटिएको छ ।

बुढाथोकी फिल्मस् प्रोडक्शन प्रा।लि।को ब्यानरमा निर्मित चलचित्र ‘ब्वाइफ्रेण्ड’मा सरोज खनाल, महिमा सिल्वाल, पुष्कर रेग्मी, मोहन निरौला, सोनम थापा, मञ्जु श्रेष्ठ, श्यामकुमार मिश्र, पुजा थापा, सोभा भण्डारी, आयुष्मा खतिवडा, कृष्ण खनाल, पवन खनाल, आकाश बम्जन, शेखर केसी लगायतका कलाकारको अभिनय रहेको छ ।

चलचित्रका निर्देशक मदन घिमिरे, सह–निर्देशक जिवन गौतम हुन् भने व्दन्द शंकर महर्जन, संगीत टंक बुढाथोकी, नृत्य पुनम राई, निर्माण सल्लाहकार सानुकाजी श्रेष्ठ, लेखन मौनता श्रेष्ठ, कथा कृष्ण चापागाईं, क्यामारा कृष्ण श्रेष्ठको रहेको छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: