Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

लगातार बढिरहेको सुनको भाउ बुधबार कतिले घट्यो ?

काठमाडौं, माघ २३ । नेपाली बजारमा केही सातादेखि लगातार बढिरहेको सुनको मूल्य बुधबार भने दुई सय रुपैयाँले घटेको छ ।

मंगलबार बजारमा सुन तोलामा ६२ हजार ६ सय रुपैयाँमा कारोबारमा भएको थियो भने आज घटेर सुन तोलामा ६२ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुन तोलामा ६२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर ६२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले घटेको छ ।

मंगलबार चाँदी तोलामा ७८५ रुपैयाँमा कारोबार भएको थियो भने आज घटेर चाँदी तोलामा ७८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: