Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरि मौसम बिग्रिन सक्ने; मौसम पूर्वानुमान महाशाखाले जारी गऱ्यो यस्तो सूचना

काठमाडौँ, माघ २३ । मौसम पूर्वानुमान महाशाखाले फेरि मौसम बिग्रिनसक्ने चेतावनी दिएको छ । महाशाखाले मौसममा आएको परिवर्तनका कारण बिहीबार उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षा हुन सक्ने जनाएको छ । यस्तो समयमा हिमपहिरो र पहिरो जानसक्ने क्षेत्रमा विशेष सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।

महाशाखाले बुधवार प्रकाशित गरेको आगामी तीनदिनको मौसम पूर्वानुमानमा यस्तो सूचना प्रकाशित छ ।

यस्तो छ महाशाखाको सूचना:

माघ २३ गते (बुधबार)

दिउँसो : देशका पश्चिमि भू-भागमा पूर्ण बदली , मध्य भू-भागमा सामान्य बदली र बाँकी भू-भागमा आंशिक बदली रहने संम्भाबना छ। पश्चिमि भू-भागका थोरै स्थानमा हल्का वर्षा र पश्चिमि र मध्यका उच्च हिमाली भेगमा हल्का हिमपातको पनि संम्भावना रहेको छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिमका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको र मध्यका थोरै स्थानहरुमा हल्का बर्षा सम्भावना रहेको छ। साथै पश्चिमी तथा मध्य उच्च पहाडी र हिमाली भेगमा हल्का देखि मध्यम हिमपातको पनि संम्भावना रहेको छ।

माघ २४ गते (बिहिबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र देशको पश्चिमि साथै मध्य भु-भागको १-२ स्थानमा भारी वर्षा समेत हुने सम्भावना देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना देखिन्छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको थोरै स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको छ।

माघ २५ गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रहने देखिन्छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १-२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भेगको १-२ स्थानहरुमा भारि हिमपातको पनि सम्भावना रहेको देखिन्छ।

राति : देशभर सामान्य बदली रहने देखिन्छ। देशका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको सम्भावना देखिन्छ। देशको उच्च पहाडी तथा हिमाली भेगका केहि स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना रहेको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: