Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

टी–२० सिरिजः भारतले गुमायो एकै ओभरमा २ विकेट !

काठमाडौं, माघ २३ । टी–२० सिरिज अन्तर्गत पहिलो खेलमा न्यूजिल्याण्डले दिएको २२० रनको लक्ष्य पछ्याउने क्रममा भारतले चौथो विकेट गुमाएको छ । उसले एक ओभरमा दुई विकेट गुमायो । तेस्रो विकेटका रुपमा ऋषभ पन्त (४) र चौथौ विकेटको रुपमा विजय शंकर (२७) लाई गुमाएको हो ।

उनीहरुलाई न्यूजिल्याण्डका मिचेल सेन्टनरले आउट गरे । यसअघि, शिखर धवन (२९) र कप्तान रोहित शमा (०) आउट भइसकेका छन् । टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली न्यूजिल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनायो ।

उसका लागि टिम सेफर्टले सर्बाधिक ८३, कप्तान केन विलियम्सन र कोलिन मुन्द्रोले समान ३४ रन बनाए । बलिङमा भारतका हार्दिक पान्ड्या २, भुवनेश्वर कुमार, खलिल अहमद, कुर्नाल पाण्ड्या र युजवेन्द्र चहलले समान एक विकेट लिए । भारतले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: