Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

डीपीएलको खेल मैदान परिर्वतन, विजेता टोलीले ३० लाख पाउने

काठमाडौं, माघ २३ । माघ २६ देखि फागुन ११ गतेसम्म कैलालीमा हुन गइरहेको धनगढी प्रिमियर लिग (डीपीएल) तयारी अन्तिम चरणमा पुगेको छ । यो वर्ष प्रतियोगिता धनगढीको फाप्ला क्रिकेट मैदानमा हुनेछ । धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले भने, ‘मैदान तथा प्राविधिक व्यवस्थापनका काम लगभग सकिएका छन् ।’

डीपीएल ३ मा धनगढी स्टार्स, रुपेन्देही च्यालेन्जर्स, महेन्द्रनगर यूनाइटेड, सीवाईसी अत्तरिया, काठमाडौं गोल्डेन्स र विराटनगर किंग्सको सहभागिता रहनेछ । सबै टोलीमा १२-१२ जना अक्सनबाट छानिएका छन् भने एक रणनीतिक र दुई जना विदेशी खेलाडी छन् ।

यो वर्ष प्रतियोगिताको पुरस्कार राशी २० प्रतिशत बढाइएको छ । विजेताले ३० लाख, उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख तथा चौथो हुने टोलीले २ लाख पाउनेछन् । यस्तै मोष्ट भेल्युवल प्लेयरलाई गोल्डस्टार ‘सुनको जुत्ता’ दिइने छ ।

प्रत्येक खेलमा म्यान अफ द म्याचलाई १५ हजार लिइनेछ । म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत उचित पुरस्कारको व्यवस्था गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । रुस्लान डीपीएलको तेस्रो संस्करणमा ५ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । अघिल्लो संस्करणमा विजेतालाई २५ लाख दिइएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: